इतिहादले नेपाल-जापान उडान गर्ने (कान्तिपुर दैनिक)
काठमाडौं, माघ २० (नागरिक)-
इतिहाद एयरवेजले काठमाडौंबाट जापानसम्म उडान गर्ने घोषणा गरेको छ। आगामी चैत १४ देखि काठमाडौंबाट अबुधाबी हुँदै जापान उडान गर्ने इतिहादले जनाएको छ। यो उडानबाट काठमाडौं-जापानबीच सम्पर्क थप सहज बन्ने दाबी उसको छ। यही रुटमा मंगलबार बेइजिङ हुँदै जापानको नागोयासम्म सातामा चार तथा चैत १६ देखि पाँच उडान गर्ने पनि कम्पनीले जनाएको छ। यो रुटमा एयरबस ए३३० जहाज प्रयोग गरिनेछ।
Source : नागरिक न्यूज़
