जापानबाट कामदारको माग आयो (नागरिक न्यूज़)

सिद्धार्थ वुद्ध ओभरसिजले जापानको औद्योगिक प्रशिक्षार्थी कामदारको माग ल्याएको छ। सरकारले १ सय ७१ कम्पनीलाई औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएपछि पहिलो पटक माग आएको हो।
वैदेशिक रोजगार विभागका अनुसार यो कम्पनीले ४ जना बेक र कृषिका लागि माग ल्याएको हो। ‘सिद्धार्थले चार जना प्रशिक्षार्थीको माग ल्याएको छ,’ विभागका महानिर्देशक सापकोटाले भने, ‘यसका बारेमा हामी सोधखोज गरिरहेका छौ।’
उनका अनुसार माग वास्तविक हो /होइन भनेर अनुसन्धान भइरहेको छ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले दुई महिनाअघि जापान पठाउने सम्वन्धि निर्देशिका जारी गरिसकेको छ। जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेसन(जिट्को) का वरिष्ठ उपाध्यक्ष सहितको एक टोली हालै नेपाल आएर अभिमुखीकरण तालिम समेत दिइसकेको छ। जापानमा कृषि, निर्माण, हर्टिकल्चर लगायत क्षेत्रमा सम्भावना बढी छ।

Source : नागरिक न्यूज़

Leave a Response