जापानी भाषा बोल्नेमा नेपाली पहिलो (कान्तिपुर दैनिक)
काठमाडौ, वैशाख ५ – जापानको परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र जापानी टिभी एनएचके को संयुक्त आयोजनामा राजधानी टोकियोमा जापानी भाषामा बकृत्त्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा नेपाली राजदुताबासका जिज्ञानकुमार थापा प्रथम भए।
समारोहमा थापाले देश अनुसारको भेष बिषयमा रोमान्चकारी ढंगबाट प्रस्तुत गर्नु भएको थियो। प्रथम स्थान प्राप्तगर्नुहुने थापालाई जापानका परराष्ट्र मन्त्री ओखादा ताचुयाले सिल्ड तथा प्रमाणपत्र वितरण गरे ।
हाल जापानमा १४५ राष्ट्रको राजदुतावास रहेको भएतापनि जापानी भाषाको बकृत्तवकलामा १८ राष्ट्रहरुको सहभागीता थियो। थापा यो बर्षकै सर्वोश्रेष्ट जापानी भाषा बक्ता बनेका छन्। यसैगरी दोस्रो स्थानमा चेक रिपब्लिक तथा तेस्रो स्थानमा छिमेकी राष्ट्र चीन रहेको छ।
थापाले जापानको योकोहामा विश्व बिधालयमा विधावारीधी गरेका छन् ।
Source: कान्तिपुर दैनिक
