काठमाडौँ, अषाढ ८ – प्रधानमन्त्री माधवकुमार नेपालसँग मंगलबार नेपालका लागि जापानका कार्यवाहक राजदूत ताडासी फुजिवाराले भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल-जापानबीचको घनिष्ट सम्बन्ध, द्विपक्षीय हितका मामिलका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्री नेपालले संविधानसभाको समयावधि थप गरिएपछि शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याएर नयाँ संविधान निर्माण गर्ने दिशामा मुलुकलाई [...]
