जापानी राजदूतद्वारा सहयोग निरन्तरताको बचन (कान्तिपुर दैनिक)

काठमाडौँ, अषाढ ८ – प्रधानमन्त्री माधवकुमार नेपालसँग मंगलबार नेपालका लागि जापानका कार्यवाहक राजदूत ताडासी फुजिवाराले भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपाल-जापानबीचको घनिष्ट सम्बन्ध, द्विपक्षीय हितका मामिलका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले जानकारी दिए ।
प्रधानमन्त्री नेपालले संविधानसभाको समयावधि थप गरिएपछि शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर नयाँ संविधान निर्माण गर्ने दिशामा मुलुकलाई अगाडि बढाउन राजनीतिक दलहरुबीच सहमति जुटाउन आफूले पहल गरिरहेको बताएका थिए ।
भेटमा कार्यवाहक राजदूत फुजिवाराले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याई संविधान निर्माण गर्ने कार्यमा जापानले नेपाल सरकार र राजनीतिक दलहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नयाँ संविधान निर्माणपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धितर्फको नयाँ यूगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै उनले नेपाल र नेपाली जनताको आकांक्षा पूरा गर्न जापानले आगामी दिनमा अझ सक्रियतापूर्वक सहयोग गर्ने विश्वास समेत दिलाएका थिए ।

Leave a Response