पेरु नागरिकद्वारा जापानमा नेपाली महिला अपहरित (कान्तिपुर दैनिक)
काठमाडौं, श्रावण ३ – पेरुका अपहरणकारीले जापान बस्दै आएकी एक नेपाली महिलाको मंगलबार विहान श्रीमानसँगै सुतेकैबेला अपहरण गरेका छन् ।
साइतामा केनको कावागोयस्थित आफ्नै अपार्टमेन्टमा श्रीमान तोरणसँगै सुतिरहेकाबेला महिलासहित आएको अपहरणकारी समूहले २७ वर्षीया महिला उमा थापाको स्थानीय समयअनुसार मंगलबार विहान ४ बजे अपहरण गरेको हो ।
उनलाई अपहरणकारीले लछार पछार गर्दै अपहरण गरेको मगर सेवा समितिका अध्यक्ष खिम थापालाई उद्धृत गर्दै जापानको सामूदायिक वेबसाइट समुद्रपारि डटकमले जनाएको छ ।
अपहरणकारी पेरु नागरिक भए पनि अपहरित उमाको अवस्थाबारे भने समाचारमा खुलाइएको छैन । बागलुङ रिघा घर भएका तोरण दुई वर्षदेखि कुक पेशामा कार्यरत थिए । उमा भने एक वर्षअघि जापान गएकी थिइन् ।
स्रोत : कान्तिपुर दैनिक
