जापानमा नेपाली उद्धारमा ३१ लाख येन (कान्तिपुर दैनिक)

जापान, श्रावण ५ – जापानमा गत मार्चमा आएको भूकम्प तथा सुनामीमा प्रभावित नेपालीको उद्धारमा झन्डै ३१ लाख येन खर्च भएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपालीको उद्धारमा चीन, ताइवान, यूएई, बेलायत, मकाउ, नाइजेरिया, रुसस्थित नेपाली संस्थाबाट झन्डै ३६ लाख येन संकलन भएकोमा उक्त रकम खर्च भएको जानकारी दूतावासले दियो ।
बाँकी रकम भूकम्प प्रभावित क्षेत्रमा समन्वय गरेर वितरण गरिने जनाइएको छ ।

स्रोत:  कान्तिपुर दैनिक

Leave a Response