टोकियो- ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बर्षिया पूर्णिमा गुरुङले आफूलाई बचाउन सवैलाई आग्रह गर्नुभएको छ। बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन नसकेको भन्दै सवैले सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको हो। ब्लड क्यान्सरवाट पीडित पूर्णिमा गत असार १२ गतेदेखि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको [...]
टोकियो– भियतनामी प्रधानमन्त्री न्गुयेन तान डुङ्ग चारदिने भ्रमणको क्रममा आइतबार जापान आइपुग्नुभएको छ । उहाँको भ्रमणमा जापानले भियतनामलाई आणविक ऊर्जा संयन्त्र उपलब्ध गराउन मद्दत गर्ने आशा गरिएको छ । औपचारिक तालिकाअनुसार डुङ्ग जापान आइपुग्नु भएपछि जापानी प्रधानमन्त्री योसिहिको नोदासँग वार्ता गर्नु अगाडि त्यहाँका सांसदहरूसँग रात्रिभोजमा रहनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री डुङ्गले आगामी मङ्गलबार गत [...]
टोकियो- गणतन्त्र नेपालको स्थापनापछि जापानको लागि पहिलो राजदूत भएर आउनुभएका डा. गणेश योञ्जन तामाङ चार बर्षे कार्यकाल पूरा गरेर गत शुक्रबार स्वदेश फ़र्कनुभएको छ । राजदूत डा. तामाङले आफ्नो कार्यकालभरि नेपाल र जापान दूवै देशमा राजनीतिक तरलताका कारण धेरैचोटी सत्ता परिबर्तन भएको असजिलो परिस्थितिमा काम गर्नुपरेको बताउनुभएको छ । यद्यपि जापानबाट नेपालका लागि हुने सहयोग, सद्भाव [...]
जापान- एक जापानी महिलाको हत्या आरोपमा १४ वर्षदेखि त्यहाँकै जेलमा रहेका गोविन्द मैनालीको डिएनए परीक्षणका क्रममा उनी निर्दोष रहेको यथेष्ट प्रमाण भेटिएको जापानी सञ्चार माध्यमहरूले जनाएका छन्। ती महिलाको शरीरमा भेटिएका पाँच वस्तुको डिएनए परीक्षण गर्दा मैनालीसँग नमिलेको जापानको सरकारी समाचार एजेन्सी क्योदोले उनका वकिललाई उद्धृत गर्दै उल्लेख गरेको छ।महिलाको दायाँ स्तनमा रहेको थुक, रौंसहितका [...]
देउभूमि बालुवा -काभ्रे, कार्तिक २ – जापानीले यहाँको एक प्राथमिक विद्यालय भूकम्प र ताप प्रतिरोधात्मक भवन बनाइदिएका छन् ।बालुवा ८ नयाँगाउँमा लबगि्रन संस्थाको पहलमा जापानी संस्था एफआईडीईले राधाकृष्ण प्राविको पक्की भवन बनाएको हो । विद्यालयको आफ्नै भवन नहुँदा स्थानीय उपभोक्ताको कच्च्ाीघर भाडामा लिएर पठनपाठन गर्नुपरेको थियो । ‘भवन नहुँदा छोराछोरी पढाउन हामीलाई धेरै समस्या थियो,’ [...]
काठमाडौ, कार्तिक १ – जापानिज इन्सेफ्लाटिस खोपले काभ्रे पनौती-१३ की ४८ वषर्ीया देवकी भण्डारी सिकिस्त बिरामी भएकी छन् । चिकित्सकका अनुसार जापानिज इन्सेफ्लाटिसविरुद्ध खोप लगाएलगत्तै मंगलबार उनी बिरामी भएकी हुन् । बनेपाको शिर मेमोरियलमा उपचार गराइरहेकी भण्डारीलाई अस्पतालले उपचार गर्न नसक्ने भन्दै काठमाडौं रिफर गरेको थियो ।एघार दिनदेखि बेहोस उनलाई हाल पुरानो बानेश्वरस्थित भेनस इन्टरनेसनल [...]
AJISAI JAPANESE LANGUAGE INSTITUTE Jyatha-30, Kantipath, Kathmandu,Nepal. Phone no. 4215397, 2297299 www.ajisai.com.np
टोकियो – साईतामा केनको मिसातोमा १६ अक्टोबर २०११ आइतवारको दिन १३औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न भएको छ।उक्त फेष्टिबलमा यसपाली नेपाल लगायत जापान, चीन, कोरिया, ईन्डोनेसिया, पाकिस्तान, बङगलादेश, ईजिप्ट तथा सुडानले आ-आफ्नो देशको खाना लगायत संस्कृति झल्किने प्रदर्शन बूथ, नृत्य, गीत, तथा फेशन शो प्रस्तुत गरेका थिए। हरेक बर्ष अक्टोबर तिर हुने उक्त कार्यक्रममा नेपालले [...]
टोकियो – नेपाल जापान युथ क्लवको आयोजनामा आगामी नोवेम्बर २० तारिखका दिन “नेपाल फेडेरेशन दोश्रो रनिङ कप फूटबल टूर्नामेन्ट” हुने भएको छ ।उक्त टूर्नामेन्टमा भाग लिन चाहने टिमले आगामी नोवेम्बर ६ तारिख रातीको १२ बजेसम्म आफ्नो नाम दर्ता गराईसक्नुपर्ने बताईएको छ । सो टूर्नामेन्टमा एक म्याच खेल्नका लागि १४ मिनेटको समय रहने छ भने १ [...]
