Displaying posts published in

November 2011

जापानमा रेष्टुरेन्ट ब्यवसायको भबिष्य अझै राम्रो छ(समुन्द्रपारी)

     भारु ५ हजारबाट जापानको रोजगारीयात्रा शुरु गरेका गुल्मी आँपचौर अर्जेवा गाबिसका प्रेम सापकोटा अहिले आफ्नै मिहिनेतको कमाईबाट टोकियोमा दुइवटा रेष्टुरेन्टका मालिक छन् । उनको टोकियोको ओता-कुमा पर्ने ओमोरी-कामाता क्षेत्रमा एउटा र ओता-कु कै ओकायामामा अर्को कोपिला नामको रेष्टुरेन्टबाट सन्तोषजनक कमाई भईरहेको उनी बताउँछन् । सन् २००६ बाट रेष्टुरेन्ट ब्यवसायमा हात हालेका सापकोटा मालिक [...]

पोखरालाई जापानले दियो ९ लाख रुपैयाँ (नागरिक न्यूज)

काठमाडौँ, मङ्सिर ८ (नागरिक)- जापान सरकारले पोखरा उपमहानगरपालिकालाई नौ लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। सहयोग रकम पोखराले चिकित्सा सेवाको सुधारका लागि उपयोग गर्नेछ।नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी र पोखरा उपमहानगरपालिकाका मेयर मेगनाथ काफ्लेबीच सहयोग उपलब्ध गराउने सम्झौतामा आज हस्ताक्षर भएको जापानी दूतावासले जनाएको छ।जापान सरकारको सो अनुदान रकम बाटुलेचौरमा निर्माण भइरहेको पोखरा-कोमागाने [...]

Study & Work In JAPAN

Study & Work in JAPAN INTAKE: JAN, APRIL, JULY, OCT Free Seminar by Representive of Japanese Language School,Japan. Our Features:-  Quality Japanese Language Education.  1 Month is enough to pass N5 of JLPT or 4th Level of J- NAT Test.  Special Course & Regular Course are available.  Test Preparation Class of [...]

जापानमा जन्मेका शिशुको अनलाइनबाटै न्वारान(समुन्द्रपारी)

      टोकियो (जापान)– ब्राम्हण नेपालको झापा विर्तामोडमा, शिशु र उनका बुबाआमा जापानको टोकियोस्थित सरकारी आवास क्षेत्र दान्चीमा ।यति टाढाको भौगोलिक दूरी चिर्दै केही दिनअघि एक नवजात शिशुको हिन्दु संस्कारअनुसार न्वारन सम्भव भएको छ । अनलाइन स्काइप भिडियो कलको मान्यमबाट मन्त्रोच्चारण गरी नेपाली दम्पतीबाट जन्मेका बालिको न्वारन गरिएको हो ।जापान सरकारको छात्रबृत्तमा टोकियो युनिभर्सिटी [...]

एउटा हवाईटिकटको ३४ हजार डलर(समुन्द्रपारी)

टोकियो – बिश्वकै प्रसिद्ध हवाइजहाज निर्माता बोइङले हालै मात्र बजारमा ल्याएको बोइङ ७८७ ड्रिमलाइनर बिमानको पहिलो उडान नारिता बाट हङकङको लागि उडेको थियो । जसको एउटा टिकट लीलाम बढाबढमा साधारण मुल्य भन्दा १३ गुणा बढी ३४ हजार डलरमा बिक्री भएको थाहा लागेको छ । अत्याधुनिक र कम इन्धन लाग्ने भनिएको उक्त बिमान मार्फत अल निप्पोन [...]

जापानको बेरोजगारी ४.१ प्रतिशतमा झर्‍यो(समुन्द्रपारी)

टोकियो – गत सेप्टेम्बर महिनामा गरिएको एक सर्बेक्षणअनुसार जापानको बेरोजगारी दर ४ दशमलब १ प्रतिशतमा झरेको छ । उक्त प्रतिशत अगस्त महिनामा ४ दशमलब ३ प्रतिशत रहेको थियो । गत मार्च महिनाको महाभूकम्प तथा सुनामीबाट अत्यधिक प्रभाबित क्षेत्रमा उक्त सर्बेक्षण गरिएको थियो । उक्त क्षेत्रहरुमा मासिकरुपमा गरिएको सर्बेक्षणमा यस पटक सबैभन्दा कम बेरोजगारी भेटिएको हो [...]

जापान मनि एक्सप्रेस (JME) दोश्रो वर्षमा प्रवेश, सेवा शुल्कमा भारी छूट(समुन्द्रपारी)

टोकियो – स्वदेशीको लगानीमा १ बर्ष अघि शुरु गरिएको जापानबाट नेपाल पैसा पठाउने पहिलो रेमिट्यान्स कम्पनी जापान मनि एक्सप्रेस (JME) ले आफ्नो स्थापनाको दोश्रो वाषिर्कोत्सवको उपलक्ष्यमा आकर्षक उपहार योजनाहरुका साथै सेवा शुल्कमा भारी छूट गर्ने घोषणा गरेको छ । जेएमईले १ पटक पैसा पठाउँदा हालसम्म लाग्ने गरेको २ हजार येन सेवा शुल्कमा हेरफेर गरी पहिलोचोटी [...]

श्रीमानद्धारा श्रीमती र छोराको हत्या(समुन्द्रपारी)

जापान- जापानका एक व्यक्तिले हतियार प्रयोगगरी आफ्ना श्रीमती र छोरालाई हत्या गरेको आरोपमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ । इसाओ सिनोमोतो नाम गरेका ५३ वर्षीय ती व्यक्तिले आफूले आफ्ना परिवारलाई हत्या गर्न चाहेको प्रहरीलाई बताएका छन् । सिनोमातोले ४९ वर्षीया श्रीमती २० वर्षीय छोरी र १८ वर्षीय छोरालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले [...]

जापानी राजकुमारीलाई ‘निमोनिया’(समुन्द्रपारी)

जापान- उच्च ज्वरोका कारण अस्पताल भर्ना हुनुभएकी जापानी राजकुमारी आइकोलाइ निमोनिया भएको जापानी राजदरबारले जनाएको छ । ९ वर्षीया राजकुमारी आइकोलाई उच्च ज्वरो आएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उहाँ जापानी युवराज नारुहितो र युवराज्ञी मासाकोको एकमात्र सन्तान हुनुहुन्छ । सो दरबार सचिवालयले उहाँलाई अस्पताल भर्ना गरेको समाचार मङ्गलबार सार्वजनिक गरेको थियो । जापानी [...]

आईएमईको नयाँ योजना बजारमा, सेवा शुल्क अब १५ सय येन मात्र(समुन्द्रपारी)

टोकियो – नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त रेमिट्यान्स कारोवार गर्ने नेपालको पहिलो संस्था इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) प्रा.लि. ले १५०० येनमा जापानबाट नेपाल पैसा पठाउन सकिने योजना ल्याएको छ । जापानस्थित Kyodai remittance मार्फत आईएमईमा पैसा पठाउँदा लाग्ने सेवा शुल्कमा ५ सय जापानी येन छुट दिने व्यवस्था गरेको हो । जापानमा आफ्नो सेवा विस्तारको १ [...]