Displaying posts published in

December 2011

जापानमा नयाँ बर्षको चहलपहल शुरु(समुन्द्रपारी)

टोकियो – जापानमा एक्कासी बढिरहेको मौसमी चिसोसंगै यहाँ रहेका नेपालीहरुबीच नयाँ बर्षको सरमागर्मी र रौनकता पनि ह्वाट्टै बढेको छ । नयाँ बर्ष २०१२ को चहलपहल संगै बिदा अवधिभर आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य सामाग्रीहरुको किनमेलमा पनि यहाँका नेपालीहरु उत्तिकै ब्यस्त देखिन्छन् ।अर्को तर्फ नयाँ बर्षको अवसरमा जापानका नेपालीहरुद्वारा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । जसअनुसार [...]

टोयोटाले आगामी वर्ष ८४ लाख कार बेच्ने(समुन्द्रपारी)

टोकियो– जापानको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले आगामी वर्ष कम्तीमा पनि २० प्रतिशतको हाराहारीमा उत्पादन बढाई विश्व बजारमा पठाउने जनाएको छ ।हाल सो कार कम्पनीको करिब सात दशकको ईतिहासमा नै सबैभन्दा बढी घाटा व्यहोर्नुपरेको बताउँदै आएको सो कम्पनीले सन् १०१२ मा भने विश्व बजारमा अहिलेको तुलनामा कम्तीमा पनि २० प्रतिशतले बढी उत्पादन पठाउने लक्ष [...]

जापानी राजासमक्ष ओहोदाको प्रमाणपत्र(कान्तिपुर दैनिक )

टोकियो , पुस २ – जापानका लागि नवनियुक्त राजदूत मदनकुमार भट्टराईले सम्राट् अकिहितोसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र बुझाउँदै राजदूत भट्टराईले नेपालको सामाजिक-आर्थिक रूपान्तरणका लागि जापानले नेपाललाई दिँदै आएको सहयोगको प्रशंसा गरेका थिए ।सम्राट् अकिहितोले नेपाल-जापानबीच रहीआएको सुसम्बन्धको बारेमा चर्चा गर्दै द्वैपक्षीय हितमा सहयोगहरू जारी रहने विश्वास व्यक्त गरेका थिए । Source : कान्तिपुर [...]

Japan launches new spy satellite(Kantipur Daily)

JAPAN, DEC 12 – Japan launched a new spy satellite into orbit Monday amid concerns over North Korea’s missile programme and to monitor natural disasters in the region.The Japanese H-2A rocket carrying an information-gathering radar satellite lifted off at 10:21 am (0121 GMT) from the Tanegashima Space Center in southwestern Japan, officials said.The government decided [...]

Meeting between Mr. Masahiko Koumura, Minister for Foreign Affairs, and Mrs. Sahana Pradhan, Minister of Foreign Affairs of Nepal(Embassay of Japan)

On October 10, Mr. Masahiko Koumura, Minister for Foreign Affairs, and Mrs. Sahana Pradhan, Minister of Foreign Affairs of Nepal, now visiting Japan, held talks for about 20 minutes, starting at 18:00 in the evening. The gist of their talks was as follows:

बलियो जापानी येनले टोयोटाको नाफा न्यून(समुन्द्रपारी)

     टोकियो- जापानी अटो कम्पनीले टोयोटाले आफ्नो नाफा परिदृश्य आधाभन्दा पनि बढीले न्यून कायम गरेको छ । बलियो जापानी येन र कमजोर मागले कम्पनीको नाफा प्रक्षेपण न्यून भएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै कम्पनीले चालू आर्थिक वर्षमा विश्वव्यापी कार बिक्री घटाएर ७३ लाख ८० हजार एकाइमा सीमित पारेको छ । स्रोत: समुन्द्रपारी

नेपालमा वातावरण सरसफाइ सिकाउने जापानी प्रयास(समुन्द्रपारी)

     पोखरा (कास्की)- विगत ४१ वर्षदेखि नेपालमा कार्यरत जापानी स्वयम्सेवकको अथक प्रयास जारी छ, नेपालीलाई सरसफाइ र जीवनज्ञापन गर्ने प्रविधि सिकाउन ।पोखराको अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्ग्रहालयको हाताभित्र यस्तै स्वयम्सेवकको प्रयास जारी थियो, विद्यालयका साना-साना केटाकेटीलाई सरसफाइ र कृषिसम्बन्धी जानकारी सिकाउनका लागि ।उनीहरू जोकरको पोसाकमा सजिएर कोही सफा र कोही फोहर व्यक्ति बनेर नाटक प्रदर्शन गर्दै [...]

जापानी संस्थाले बाख्रा दियो (नागरीक न्यूज)

परासी, मङ्सिर २८- क्युतो हियोसिगाओका लायन्स क्लब जापानको सहयोगमा आशाको ज्योति नेपालको सहकार्यमा नवलपरासीको ग्रामीण इलाकाअन्तर्गत दाउन्नेदवी गाविसका विपन्न परिवारलाई बाख्रा प्रदान गरिएको छ।ग्रामीण क्षेत्रका अति विपन्न दाउन्नेदवी, पृथ्वीबस्तीका १५ घरपरिवारलाई उनीहरुको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिघर पाँचवटा बाख्रा र एकवटा बोका गरी ७६ वटा बाख्रा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्व अध्यक्ष देवमान हिराचनले प्रदान [...]

जापानमा नेपालीका समस्याप्रति मिडिया गम्भीर हुनुपर्ने – शेरचन(समुन्द्रपारी)

टोकियो – राजधानी दैनिकको प्रकाशन संस्था उत्सर्ग प्रकाशन प्रा. लि. का अध्यक्ष महेन्द्र शेरचनले जापानमा अधिकांश नेपालीहरु कामदार रहेको र उनीहरु यावत समस्याहरुबाट ग्रसित रहेको आफुले पाएकोले यहाँका मिडियाहरु गम्भीर भई उनीहरुको पक्षमा आवाज उठाउनुपर्ने बताउनुभएको छ ।जापानमा नेपालीहरुको अवस्था, नेपाली मिडियाको भबिष्य, नेपाली प्रशिक्षार्थी कामदारको बजार संभावनालगायतका बिषयमा अध्ययन, अनुसन्धान गर्न जापान आउनुभएका शेरचनले [...]

आप्रवासीका लागि जापान एसियामै महङ्गो(समुन्द्रपारी)

टोकियो (जापान)– आप्रवासीका लागि जापान एसियामै महङ्गो रहेको एक अन्तर्राष्ट्रिय सर्वेले दाबी गरेको छ । जापानी मुद्रामा आएको तीब्र बृद्धि र आप्रवासीको चापले जापानी सहर महङ्गो भएको सर्वेक्षणको दाबी छ । मानव संशाधन फर्म (ईसीए इन्टरनेशनल)ले जनाएअनुसार जापानमा उत्कृष्ट महङ्गा सहरमा टोकियोसँगै नायोगा, योकोहामा र कोबे रहेका छन् । गत सेप्टेम्बरको सर्वेक्षणले नै टोकियोलाई सर्वाधिक महङ्गो [...]