KATHMANDU, JAN 09 – High Tech Pioneer Pvt Ltd (HTP), Buffalo Inc, Japan and Japan- Nepal Information Communication Technology Pvt Ltd (JNICT) have jointly introduced wi-fi (wireless fidelity) wireless local area network (WLAN) in the local market.
The three companies today successfully established the wi-fi system at Kantipur Publications Pvt Ltd. The system, developed by Buffalo Inc, Japan, worth Rs 30,000 was installed free of cost. Continue reading High Tech Pioneer introduces wi-fi system (Kantipur Daily) →
भक्तपुर, पुस २४ -
अरनिको राजमार्गअन्तर्गत तीनकुने-सूर्यविनायक सडक विस्तारमा विभिन्न समस्या आएपछि सरोकारवाला निकायले शुक्रबार सडकको अवलोकन गरेका छन् ।
सडक मर्मतमा आठ महिना ढिलाइ भएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरिया, सहसचिवहरू, जाइकाका प्रतिनिधि, सडक निर्माण जापानी ठेकेदार कम्पनी हाजमाका प्रतिनिधि, जापनिज दूतावासका प्रतिनिधि, सडक विभागका प्रतिनिधि, आयोजना प्रमुखलगायतले शुक्रबार सडक विस्तारमा देखिएको समस्या अवलोकन गरे ।
सडक विस्त्ाारमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायले निर्देश्ान दिईसकेको भौतिक तथा निर्माण योजना मन्त्रालयका सचिव पूर्ण कडरियाले बताए । ‘हाम्रो कारण काममा ढिलाइ हुन्न दिन्नौं,’ उनले भने ।
समयमा काम नसकेपछि हाजमाले तीनजना प्रमुख फेरिसकेको छ । १५ दिनअघि आएका नयाँ प्रमुख छिटो काम सक्न लागिपरेका छन् । सडकमुनिको भूमिगत खानेपानीको पाइप, विद्युत् र टेलिफोनको तारले ढिलाइ भएको आयोजना प्रमुख सरोज प्रधानले जानकारी दिए ।
जडिबुटी र सूर्यविनायक चोकमा रहेको दुईवटा छाप्रो हटाउन पनि समस्या भएको उनले बताए । सरकारी जग्गामा घर बनाएकालाई समेत नियमअनुसार मुआब्ज्ाा दिँदा पनि अझै नहटेको उनले बताए । अवलोकनमा जानु पहिला मन्त्रालयमा सडक विस्तारमा देखिएको समस्या कसरी निराकरण गर्न सकिन्छ भन्ने छलफल भएको थियो ।
सडकको पहिलो चरण वैशाखमै सकिनुपर्नेमा अझै काम भइरहेको छ । सडक विस्तार आयोजनाका अनुसार माघ अन्तिमसम्म पहिलो चरणको -तीनकुने जडिबुटी) सम्म सकिने छ । पहिलो चरणमा ढिलाइ भए पनि दोस्रो चरणको जडिबुटी हनुमन्तेसम्मको काम पनि अन्तिम चरणमा पुगेको छ भने तेस्रो चरणको -हनुमन्ते सूर्यविनायक) पनि सुरु भइसकेको छ ।
तीन चरणको काम २०६७ चैतसम्म सक्ने लक्ष्य लिए पनि त्यो नसकिने देखिएको छ । शुक्रबार भौतिक तथा निर्माण मन्त्रालयमा भएको छलफलमा हाजमाले थप दुई महिना समय माग गरेको छ ।
दुई लेन सडकलाई जापानी सरकारको सहयोगमा ६ लेन बनाउन लागिएको हो । ६ मध्ये चार लेनमा मात्र सवारी गुडाउन मिल्ने छ । दुई लेन सर्भिस ट्रयाकको रूपमा विकास गरिने छ । चार लेन जापान सरकारले मर्मत गर्ने भए पनि दुई लेन नेपाल सरकारले बनाउनुपर्ने छ । त्यसका लागि नेपाल सरकारले जति रकम लागे पनि खर्च गर्ने सचिव कडरियाले बताए ।
नौ दशमलव एक किलोमिटर सडक निर्माणका लागि जापान सरकारले १ अर्ब ७७ करोड ४७ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
सडकको जडिबुटीको मनहरा र हुमन्ते खोलामा पुल निर्माण कार्य भइरहेको छ । पुरानो पुलसँगै अर्को पुल निर्माण भएको हो । आयोजना प्रमुख प्रधानका अनुसार राजमार्ग विस्तारको क्रममा मनोहरा र हनुमन्तेमा एकएक नयाँ पुल बन्ने छन् । मनोहरा र हनुमन्तेमा बन्ने पुल मुलुककै सबैभन्दा स्तरीय हुने उनले बताए । नयाँ बन्ने पुल दुई लेनका हुने छन् । नयाँ पुल निर्माण भएपछि दुवै ठाउँको पुरानो पुललाई मर्मत गर्ने काम हुने छ ।
Source : कान्तिपुर दैनिक
विज्ञान अधिकारी, काठमाडौं, पुस २२-
नेपाल र जापान बीच आर्थिक साझेदारी सम्झौता(इपीए) हुने भएको छ। दुई मुलुक बीचको आर्थिक र व्यापार प्रवर्द्धनका लागि यो सम्झौता हुन लागेको हो। सम्झौताको लागि दुई देश बीच प्रारम्भिक चरणमा छलफल सुरु भएको छ।
यो सम्झौताका लागि प्रारम्भिक चरणमा छलफल सुरु भएको छ,’ जापानका लागि नेपालका राजदुत गणेश योन्जन तामाङले नागरिकसँग भने, ‘हामीले सुरु गरेको यो छलफलमा जापान सकारात्मक रहेको छ।’ जापानको व्यापार, अर्थ तथा उद्योग सम्वन्धी मन्त्रालय(जेट्रो)सँग सम्झौताको लागि प्रारम्भिक चरणमा छलफल भएको हो। Continue reading नेपाल र जापान बीच आर्थिक साझेदारी सम्झौता हुने (नागरिक न्यूज़) →
काठमाडौ, पुस १९ – धेरै नेपालीको सपना बनेको जापानका लागि प्रशिक्षार्थी कामदार मर्यादित र व्यवस्थित तरिकाले पठाउनु चुनौती बनेको छ ।
नीतिगत प्रावधान र हालै जारी ‘नेपाली औद्योगिक प्रशिक्षार्थी तथा प्राविधिक अभ्यासार्थी कामदार जापान पठाउने निर्देशिका’ मा व्यवस्था भएभन्दा विपरीत काम सुरु भइसकेकाले यसको कार्यान्वयनबारे धेरै आशंका सुरु भएका छन् ।
भाषा सिकाउने संस्थाले जापानमा कामदारका रूपमा जानका लागि भाषा सिकाइने सूचना सार्वजनिक रूपमा प्रकाशित गरेको र कतिपय वैदेशिक रोजगार कम्पनीले जापान पठाइदिने भन्दै पैसा असुल्न थालेको सूचना आइरहेका छन् । अर्कोतिर यसलाई मर्यादित बनाउने भन्दै निर्देशिक लागू गर्दा नै मन्त्रीको नेतृत्वमा उच्चस्तरीय अनुगमन संयन्त्र बनाउने बताएको श्रम तथा यातायात मन्त्रालयले यसमा चासो देखाएका देखिँदैन । सचेत गराउने सूचना प्रकाशित गरे पनि त्यो सफल हुन नसकेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड स्विर्काछ ।
झन्डै एक महिना अगाडि प्रकाशित एक सूचनामा लेखिएको छ, ‘प्रशिक्षार्थी कामदारका लागि जापान जान चाहनेलाई छोटो समयमा जापानी भाषा सिकाइन्छ ।’ यसरी भएका सूचना प्रकाशनसँगै राजधानीलगायतका सहरका प्रशिक्षण केन्द्रमा भाषा सिक्न आउनेको संख्या उच्चदरले बढेको छ । तर सरकार जापान जानेका लागि अहिलेको भाषा प्रशिक्षण प्रमाणपत्रले काम नदिने बताउँछ । ‘भाषा प्रशिक्षणबाट अहिले लिएको प्रमाणपत्रले प्रशिक्षार्थी कामदारमा जानका लागि काम गर्दैन,’ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रमुख स्थानेश्वर देवकोटा भन्छन्, ‘यसका लागि पाठ्यक्रम तोकिनेछ ।’ म्यानपावर कम्पनीबाट छनोट भए पनि जापानी भाषा तथा संस्कृतिबारे तोकिएको पाठयक्रमअनुसार तोकिएको संस्थाबाट मात्र तालिम लिई परीक्षा उत्तीर्ण गुर्नेपर्ने उनले बताए ।
अर्कोतिर जापान पठाइदिने भन्दै म्यानपावर कम्पनीले ५० हजार रुपैयाँ उठाउनसमेत थालिसकेका छन् । यसबारे देवकोटा भन्छन्, ‘ठगी गर्न चाहनेलाई सजिलै विश्वास गर्ने बानी हामीमा छ । काम पूरा नभई म्यानपावर कम्पनीले पैसा लिन पाउँदैनन् ।’ हालसम्म कुनै पनि कम्पनीले माग नल्याएकाले अहिल्यै पैसा लेनदेन नगर्न सरकारले भनेको छ ।
यसको जानकारी विभिन्न माध्यमबाट सर्वसाधारणलाई गराए पनि सोचेअनुसार सफलता हासिल गर्न नसकिएको उनले बताए । सरकारले भ्रममा पारी भाषा कक्षा सञ्चालनलगायतका काम भइसकेको भन्दै यस्तोमा नफस्न भनेको छ । १ सय ७१ वटा म्यानपावर कम्पनी र नेपाल उद्योग वाणिज्य महासंघले जापान पठाउने अनुमति पाएका छन् । उनीहरूलाई यसै साता प्रमाण पत्र प्रदान गरिनेछ । सरकारी निर्देशिकामा जापानमा प्रशिक्षार्थी कामदारका रूपमा जाने व्यक्ति १८ वर्षदेखि ४० वर्षभित्रको हुनुपर्न व्यवस्था पनि गरेको छ । यदि जान चाहने व्यक्तिसँग त्यहाा गर्ने सम्बन्धित कामको अनुभव छैन भने उनीहरू जान पाउँदैनन् । त्यस्तै सरकारको सम्बन्धित निकाय वा स्थानीय निकायमा तीन वर्षअघि दर्ता भई सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, संस्था वा निकायमा कम्तीमा दुई वर्षदेखि कार्यरत व्यक्तिमात्र जान पाउने व्यवस्था गरेको छ । यस्तै कृषिसम्बन्धी काममा जान चाहने कामदारले सम्बन्धित उद्यम/उद्योग वा सम्बन्धित विषयको सहकारी तथा सामुदायिक संस्थामा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्छ ।
रकारले निर्देशिकामा जापान पठाउने कम्पनीलाई तिर्नुपर्ने ५० हजार रुपैयाँ प्रवर्द्धनबाहेक प्रशिक्षार्थी कामदारले कल्याणकारी कोषमा तिर्नुपर्ने रकमका साथै जानु अघि लिनुपर्ने दुई महिने तालिम र बिमा शुल्क भने आफैंले तिर्नुपर्ने व्यवस्था छ ।
कान्तिपुरको अनलाइनमा सरोज र शंकरले लेखेका छन्, ‘सास्तोमा जापान जाने खबर खुसीको हो । तर दलालले धेरै उठाउछन् ।’ उनीहरूको आशय भनेको त्यस्तो नहोस् भन्ने नै हो । समाचारमा एक सयभन्दा बढीले प्रतिक्रिया लेखेर पठाएका छन् । निर्देशिका जारी गर्नुअघि कामदार पठाउने कम्पनी वा यससम्बन्धी कुनै अनियमितता भए कारबाही गर्ने प्रतिबद्धता निर्देशिका पारित भएको दिन श्रम मन्त्री मोहमद अफताव आलमले बताएका थिए ।
Source: कान्तिपुर दैनिक
KATHMANDU, DEC 31 -
Amira Dali has been awarded for her contributions to social development at a Success Story Convention entitled, ‘Investing in People for a Better World’, which was organised at the United Nations University, U Thant International Conference Hall, in Tokyo, Japan on Oct. 27. The event was organised in order to commemorate the 50th anniversary of the establishment of the AOTS, Japan.
“I was so happy to win the award and, at the same time, I am very aware that my position is one of responsibility,” said Dali.Dali is currently working with AOTS in Nepal and is also the President of the Love Green Nepal (LGN), a NGO working for the sustainable development of economically disadvantaged people in marginalised communities.
Dali’s Success Story was entitled- Integrated Development Endeavors for Social-Economic and Environmental Change in Nepalese Villages. The story centers on activities in the sectors of sustainable agriculture, community education, community infrastructure and health, and environment conservation.
Source : POST REPORT
पुस १६ -
उनीहरू अध्ययनका लागि जापान पुगेका थिए । तर, आफू पढेको विद्यालय किन भुल्थे ? ‘त्यही कुरा सम्झेर,’ योकोहामा विश्वविद्यालयमा व्यवस्थापन स्नातकोत्तर अध्ययनरत हिमाल भट्टराईले सुनाए, ‘यताका विद्यालयलाई सघाउने योजना बनायौं ।’
पर्वत हुवासका यी भट्टराईसहितको विद्यार्थी टोली अध्ययनबाहेकको समयमा जापानमा केही घन्टा काम पनि गर्छन् । त्यही कमाइबाट केही छुट्याएर उनीहरू नेपाली असाहाय विद्यार्थीलाई अध्यनमा सघाइरहेका छन् । उनीहरूको सहयोगमा अहिले १७ विद्यार्थी पढिरहेका छन् । जसमा काठमाडौंमा चार जना छन् ।
यसका लागि उनीहरू केही मनकारी जापानी पनि खोज्छन् । त्यसका लागि इन्टरनेसनल डेभलपिङ कन्ट्री सपोर्ट अर्गनाइजेसन पनि खोलेका छन् । ‘हामीलाई केही चाहिन्न,’ उनीसँगैका जीवन केसीले भने, ‘थोरै भए पनि हाम्रो सहयोगले यहाँ कसैले शिक्षा त पाउँछ भनेर यो अभियान सुरु गरेको ।’ नुवाकोटका यी युवा सिस्टम इन्जिनियरिङ पढदै छन् ।
सहयोगका लागि नेपाली तथा जापानीलाई आग्रह गरेका छन् । यो ऐच्छिक हो । ‘देश मिस हुन्छ,’ भट्टराईले भने, ‘पर बसेर सानो भए पनि सहयोग गरौं भनेर अभियान थालेको हो ।’
उनीहरू प्रतिविद्यार्थी महिनाको २ सय रुपैयाँ दिन्छन् । त्यसका लागि व्यवस्थापन समिति र विद्यालयसँग उनीहरू सम्पर्क गर्छन् ।
जापानमा करिब २० हजार नेपाली बस्ने अनौपचारिक अनुमान छ । त्यसमध्ये करिब १२ हजार गैरकानुनी रूपमा बस्छन् । उनीहरू पाँच वर्ष अभि स्टुडेन्ट भिसामा जापान गएका थिए । सोचेका थिए त्यहाँ नेपालमा जस्तो दुःख हुंदैन ।
‘तर होइन रहेछ,’ आउँदो साता जापान फिर्न लागेका उनीहरूले सुनाए, ‘दुःख झन् धेरै गर्नुपर्ने, काम जे पनि गर्नुपर्ने । कहाँ सजिलो छ र ?’ उनीहरू यसपटक पनि छात्रवृत्ति बाँड्न त्यहाँबाट हतारिएर आएका थिए, एक जना जापानी मनकारी व्यापारी ताकायुकी खान्जाकीलाई लिएर । जो देश फिरिसके । उनीहरू पनि अर्को साल यही समय आउनेछन् । केही विद्यार्थीलाई सघाउन ।
Source : कान्तिपुर दैनिक
KATHMANDU, Dec 29 -
The Japan Fund for Poverty Reduction (JFPR) has agreed to provide a grant of US$ 1.8 million to produce fortified flour at small, village-based mills known as chakki mills. The project aims to add iron, folic acid and vitamin A to wheat, maize and millet processed at the mills benefiting around 200,000 people.
“This will help in reducing anemia and other illnesses linked to vitamin and mineral deficiencies, particularly in poor, rural areas,” the ADB said in a press release. Anemia, caused by a lack of essential nutrients, is a major public health issue in Nepal, resulting in many maternal and perinatal deaths and development problems in children. The government, along with a Canadian non-governmental organization Micronutrient Initiative, is now testing low-cost fortification systems at water and electric-powered chakki mills and the JFPR-funded project will help accelerate and expand this process.
The project will seek to find realistic solutions to the problems that currently prevent flour fortification at small mills, such as recurring costs, supply and support system difficulties, quality assurance issues and a lack of consumer awareness.
Source : Kantipur Report
भवसागर घिमिरे, काठमाडौं, पुस १२- देश फरक, भाषा फरक। योभन्दा अघि उनीहरूको भेट कहिल्यै भएको थिएन। पहिलो भेटमै उनीहरूले आँसु झारे र प्रेम साटे।
६६ वर्षे जापानी आमा फुसाको ओकामोतो दिलशोभा श्रेष्ठले सञ्चालन गरेको वृद्धाश्रम पुगेपछि माहोल भावनात्मक भयो।
‘आमा! आमा,’ आँसु पुछ्दै आफूलाई समाएर फुसाको रून थालेपछि ५७ वर्षे दिलशोभाले पनि आँसु थाम्न सकिनन्। ‘मनको कुनै देश हुँदैन’ दुवै अंगालिएर रुँदा यस्तो लाग्थ्यो।
गाला गाला जोडेपछि फुसाको श्रेष्ठअघि घुँडा मारेर बसिन्। ‘यु आर द ग्रेट आमा,’ हात जोडेर उनले दिलशोभालाई प्रणाम गरिन्। भाषा नबुझे पनि भावनात्मक सम्बन्धले भक्कानिएकी दिलशोभाले फेरि फुसाकोलाई गम्लंङ्ग अँगालिन् र रून थालिन्।
छोरा नपाएको निहुँमा श्रीमानले छाडेपछि दिलशोभाले ‘आमाहरूकी आमा’ बन्ने संकल्प लिएकी थिइन्। पहिला त सडकमै पुगेर त्यहाँ भेटिएका बेबारिसे वृद्धालाई खाना ख्वाउन सुरू गरिन्। बाह्र वर्षदेखि भने उनले रविभवन काठमाडौंमा रहेको आफ्नो घरलाई वृद्धाश्रम बनाइन्। उनले मनको ढोका उघारेपछि सडकमा फालिएका, अस्पतालछेउ मिल्काइएका र खुला आकाशमा छाडिएका धेरै आमाले ममताको न्यानो ओत पाए। ‘गएको छ महिनामा चार आमा वृद्धाश्रममै बिते। म आफैं पशुपति लगेर जलाएँ,’ दिलशोभाले भनिन्।
अहिले प्यारालाइसिस भएका पाँच, अल्जाइमर्सका बिरामी दुई, बोल्न नसक्ने पाँच, सुस्त मनस्थितिकी एक, दृष्टीविहीन पाँचलगायत २९ आमाका लागि न्यानो काख भएको छ उनको घर। १३ बालक र ३ बालिका पनि त्यही काखमा लुटपुटिएका छन्। ७ वर्षे सुस्त मनस्थिति बालिका सञ्जुदेखि सय वर्ष काटेकी ‘बाहुनी आमा’ले उनको स्याहार पाइरहेका छन्। कोठैपिच्छे तिनैलाई भेट्न निस्कँदा फुसाको पनि गहमा आँसु पार्थिन्।
‘आमा म जपनबाट छोरी अएको,’ बल्ल नेपाली बोली फुटाएकी उनको स्वर सुनेर ८६ वर्षे आशामाया शिल्पकार मुजा परेका गाला झन् मुजा पार्दै हाँसिन्। मायाले मुसारिन् फुसाकोलाई। आमाको माया भेटेर फुसाकोले ‘आरिगातो आरिगातो’ भन्दै धन्यवाद दिइन्।
बिहान सवेरैदेखि अबेर रातिसम्म आफैँ आमाहरूको सेवामा खटिने दिलशोभा देखेर आफ्नो मन भरिएको फुसाकोले बताइन्। ‘म जे हुन चाहन्थे, त्यो मान्छे आज भेटेँ,’ वृद्धाश्रमको भित्तामा टाँसिएको फ्लोरेन्स नाइटिंगेलको तस्बिर देखाउँदै भनिन्, ‘हरेक दिन दिलशोभा जस्तै धेरै आमा जन्मिउन् भन्ने म प्रार्थना गर्छु।’
फुसाकोले नर्स पेसाबाट अवकास पाइसकेकी छन्। जापान, अफगानिस्तान, केन्या र नेपाललगायत देशमा थुप्रै वर्ष स्वयंसेविकाका रूपमा काम गरिसकेकी छन् उनले। लुम्बिनी विश्वविद्यालय निर्माणका लागि सहयोग जुटाउन नेपाल आएकी उनी त्यसैमा व्यस्त छिन्।
KATHMANDU, DEC 26 – Japan International Co-operation Agency (JICA) Alumni Association Nepal (JAAN) observed its 30th annual function here today.
Tara Nath Ranabhat, Speaker of the House of Representatives, said, “Japan has always been a good friend of Nepal during hard times.” He said during the establishment of democracy in the country Japan had provided moral support. He also wished that Japan would put global pressure to the Maoists to surrender the arms.
Elaborating the activities conducted by the JAAN, Dilli Ratna Shakya, General Secretary said, “JAAN has been helping to exchange ideas and technology between the two countries.” He said the development of traffic transport system, Japanese language teaching and capacity building of journalists and high-ranking officials of the ministry were some of the major activities conducted by JAAN.
Zenji Kaminaga, Ambassador of Japan to Nepal, said, “Education is the major component necessary for the development of any county.” He said Japan has been focusing the educational development in the country. He said besides the establishment of over 2000 classrooms in the fiscal year 2002, Japan had accepted 1,280 experts and 3,003 trainees.
Chief guest Ranabhat also released the annual magazine of JAAN, ‘Milan’ and also awarded letter of appreciation to Keiko Yoshika, a Japanese language instructor in the country.
Source : Kantipur News
काठमाडौं, पुस ६ (नागरिक)-
मिहो चाउचाउले कला निर्देशक गोपाल भुटानीको विज्ञापन खेल्ने रहर पूरा गरिदिएको छ। विज्ञापनमा जापानी गुरुको हुलियामा भएकाले उनलाई सुरुमा धेरैले चिन्न सकेनन्। ‘मिहोको बूढो मान्छे मै हुँ’ भन्दै उनले धेरैलाई जवाफ पनि दिनुपर्यो।
मान्छेले आफूलाई नचिनेकामा उनी झन् खुसी छन्। भन्छन्, ‘अरूलाई झुक्काउन सक्ने अभिनय गर्नसक्छु भन्ने लाग्यो।’ उनी यसको जस विज्ञापन बनाउने टोलीलाई पनि दिन्छन्।
मिहोको विज्ञापन खेल्न उनी जापान भने गएका होइनन्। सबै सुटिङ नेपालमा गरिएको हो। अरू सुटिङ कुन कुन ठाउँमा गरियो उनलाई थाहा छैन। तर, आफू देखिएका दृश्यहरू भने लुम्बिनीमा खिचिएको उनले बताए। सम्झे, ‘पूरा तीन दिन लागेको थियो।’
सयभन्दा बढी नेपाली फिल्ममा काम गरिसकेका गोपाललाई मिहोको विज्ञापन सुटिङ भव्य लाग्यो। ‘डाइरेक्टर पनि नपत्याउँदी देखिन्थिन्, इन्डियन केटी थिइन्,’ उनले भने, ‘फिल्मको सुटिङमा भन्दा धेरै मिहेनत गरिएको थियो।’
मिहोको विज्ञापन बनाउन दुई तीनवटा नेपाली फिल्म बनाउन पुग्ने बजेट खर्च भएको उनले सुनेका छन्। विज्ञापनमा उनीसँगै देखिने चेलाहरू नेपाली मार्सल आर्टका खेलाडीहरू हुन्। ठूलो बजेटको विज्ञापनमा खेलेवापत ठूलै पारिश्रमिक पाएको होला भन्ने अनुमान अरूले गरेको उनले पाएका छन्। जबकि, उनी भन्छन्, ‘त्यति धेरै पैसा पाइन, ठीकै दिए, तैपनि म सन्तुष्ट छु।’
अरू विज्ञापनमा पनि अवसर जुर्ने देखेर उनले यसको पारिश्रमिकमा चित्त बुझाएका हुन्। ‘यो विज्ञापनलाई सबैले रुचाउनेछ भन्ने लागेको थियो र रुचाएका पनि छन्,’ ७३ वर्षीय उनले भने, ‘यसको सफलताले मलाई भारतीय विज्ञापनको काम समेत मिल्नसक्छ।’
Source : नागरिक न्यूज़
