ध्रुव तुलाधर, सिंगापुर असार १८- अघिल्लो दिन दक्षिण कोरियासँग सनसनी प्रदर्शन गरेको नेपाली महिला बास्केटबल टोली बिहीबार बिहान जापानसँग निरीह बन्नुपरेको छ। प्रथम एसियन युथ गेम्सअन्तर्गत नेपालले पदक दाबेदारसँगको खेल ३४- ० स्कोरले गुमाएको छ। कोरियासँग पराजयका वाबजुद कडा चुनौति पेश गरेको नेपाली खेलाडीले बिहीबार एक स्कोर पनि बटुल्न सकेनन्।
